ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमितको उपचारमा धरौटी नलिन सरकारको निर्देशन


एबीसी न्यूज
१६ कार्तिक २०७७, आइतबार   ५ : ३४   बजे

काठमाडौं १६ कात्तिक ।   सरकारले कोरोना सङ्क्रमितको उपचारको लागि धरौटी रकम नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सक्नेबाट शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको भन्दै अस्पतालहरुलाई धरौटी नलिन निर्देशन दिइसकेको बताउनुभयो ।

कतिपय अस्पतालहरुले धरौटीसम्बन्धी सूचना निकालेको भन्दै विरोध भइरहेका बेला प्रवक्ता गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने अस्पतालहरुलाई स्पष्टीकरण सोधिसकेको बताउनुभयो । उहाँले नसक्नेहरुका लागि स्वघोषणाको आधारमै निःशुल्क उपचार गराउन यसअघि नै दिएको निर्देशन यथावत् रहेको पनि बताउनुभयो ।

यस्तै सरकारले होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई सहयोग तथा कन्ट्याक्ट ट्रेसिङका लागि सहजीकरण गर्न सबै पालिकाहरुलाई निर्देशन दिएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको सङ्ख्या फरक–फरक आएको सम्बन्धमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर काम भइरहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu