ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिथी देवो भवः लाई मूल मन्त्र मान्दै आफ्नो छुट्टै परिचय दिन सफल आगन्तुक रिसोर्ट (फोटोफिचर)


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   १० : ३०   बजे

काठमाडौं, १८ कात्तिक । राजधानी काठमाडौंबाट २८ किलोमिटर दुरीमा रहेको होटल हबको रुपमा रहेको धुलिखेल नगरसँगै अति नै मनोरम दृश्यावलोकन गर्न सकिने रमणिय स्थलमा रहेको आगन्तु रिसोर्ट नवआगन्तुक पर्यटकहरुका लागि एउटा प्रमुख गन्तव्य हुन सक्छ ।

विगत ३ वर्षबाट निर्माण सुरु गरि गत जनवरीबाट सञ्चालनमा ल्याउने तयारी गर्दा गर्दै कोभिड महामारीका कारण केही ढिला भएपनि यो रिसोर्ट छुट्टै परिचयसहित सञ्चालनमा आएको छ । शान्त एवम् रमणिय वातारणमा अतिथी देवो भवः लाई मूल मन्त्र मान्दै आन्तरिक एवम् बाह्य पर्यटकीयहरुको निमित्त आकर्षणको केन्द्र बन्दै गइरहेको छ । आधुनिक रिसोर्टको अवधारणा अनुरुप सेवा दिइरहेको यस रिसोर्टका विशेषताहरु फूल माउन्टेन भियू, सनराइज, होटल परिसरभित्र नै सबैभन्दा ठूलो झर्ना, स्वमिङ पुल, आउटडोर ज्याकुजी ट्वान्टी फोर् आवर हट एण्ड कोल्ड रहेको र ७४ वटा रुमहरुसहित प्रत्येक रुममा बाल्कोनी, २५० देखि ३०० स्कवायर फिटका रुमहरु छन् ।

प्रत्येक रुमहरुको बेडबाटै सनराइज र माउन्टेन भिउ देख्न सकिन्छ । रुमभित्रको एम्युनिटिजहरुलाई ध्यन दिइएको छ । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने उद्येश्यसहित युवा व्यवसायीहरु कृष्ण ज्ञवाली, सरस्वती ज्ञवाली, शिला ज्ञवाली र हरि नेपाल लगायतका युवा व्यवसायीहरुले लगानी गरेका हुन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा धरासायी बनिरहेको कुरालाई सरकार र सम्बन्धित निकायले यथष्ट सम्बोधन गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् ।

आगन्तुक रिसोर्ट, आधुनिक रिसोर्टको परिकल्पनाअनुरुप रिसोर्टका भौतिक संरचना एवम् रुमहरु अत्याधुनिक छन् । बच्चाहरुका लागि किडजोन, स्पा, हेथ क्लब, स्नोकर, टेबलटेनिस जस्ता इन्डोर गेमहरु, बार, इन्डोर स्टिम सौना, ३०० देखि ३५० क्षमताको बैङक्विट हल र तीन वटा हेलिप्याड रहेका छन् ।

रिसोर्टका नजिकै धार्मिकस्थलहरु गोसाइकुण्ड, संस्कृत विद्यालय, ऐतिहासिक महत्वको शिवको मन्दिर जहाँ पूर्णिमाको दिन लाखौंको भीड लाग्ने गरेको छ, त्यस्तै भिउ टावर छ, जहाँबाट २०० डिग्रिका हिमाली रेन्जहरु देख्न सकिन्छ । त्यस्तै हाइकिङ, साइकललिङ छन् सफिसेन्ट गाइडहरु छन् । यी लगायतका विभिन्न सुविधाहरुसहित रिसोर्ट सञ्चालनमा रहेको रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपाल बताउनुहुन्छ । आगामी दिनमा थप सुविधाहरुसहित पर्यटकीय नगरि धुलिखेलमा रहेका रिसोर्टहरुमध्येमा सबैको रोजाईको रिसोर्ट बन्नेमा यस रिसोर्टका सञ्चालकहरु विश्वस्त छन् ।

              

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu