ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न सरकारले चेतावनी दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले बाढीपीडितको राहतका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न थालेको र नगद सहयोगका लागि क्यूआर कोडसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ।

प्राधिकरणका अनुसार बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। प्रभावित तथा अलपत्र परेकाको खोजी तथा उद्धार कार्य जारी छ।

विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै राहतका नाममा अनधिकृत रूपमा रकम संकलन हुनसक्ने भन्दै प्राधिकरणले सचेत गराएको हो।

प्राधिकरणले नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

अनधिकृत चन्दा उठाएको थाहा पाए खबर गर्न आग्रह

बाढी प्रभावितका नाममा अनधिकृत रूपमा आर्थिक सहयोग संकलन भइरहेको जानकारी पाए तत्काल प्राधिकरणमा खबर गर्न आग्रह गरिएको छ।

त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ०१–४२१११९७ नम्बरमा सूचना दिन सकिनेछ।

प्राधिकरणकी प्रवक्ता उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आधिकारिक संयन्त्रमार्फत मात्र सहयोग गर्न आग्रह गरिएको छ।

प्राधिकरणले विपद्का बेला सामाजिक सञ्जालमा सार्वजनिक हुने अपुष्ट क्यूआर कोड, बैंक खाता वा अन्य माध्यममा रकम पठाउनुअघि त्यसको आधिकारिकता पुष्टि गर्नसमेत आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu