ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ०५   बजे

काठमाडौं । बालबालिका तथा किशोर–किशोरीलाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मको लत लगाएको र प्रयोगकर्ताको सुरक्षासम्बन्धी विषयमा सर्वसाधारणलाई गुमराहमा राखेको आरोपसँग सम्बन्धित कानुनी विवाद टुंग्याउन मेटा ले अमेरिकी राज्यहरूसँग १८ अर्ब अमेरिकी डलरसम्मको सम्झौता गरेको छ। सम्झौतासँगै किशोर अवस्थाका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताका लागि थप कडा नियम लागू गर्ने जनाइएको छ।

मंगलबार सार्वजनिक गरिएको सम्झौतापछि मेटाविरुद्ध संघीय अदालतमा चलिरहेको मुद्दा अन्त्य भएको बताइएको छ। सम्झौताअनुसार आगामी एक दशकसम्म कम्पनीले फेसबुक र इन्स्टाग्राममा किशोर प्रयोगकर्ताको सुरक्षा तथा प्रयोग समयसँग सम्बन्धित विभिन्न नयाँ व्यवस्था लागू गर्नेछ।

अभिभावकको स्वीकृतिविना दुई घण्टाभन्दा बढी प्रयोग गर्न नपाइने

सम्झौताअनुसार अभिभावकको स्वीकृतिविना किशोर प्रयोगकर्ताले दैनिक दुई घण्टाभन्दा बढी फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाउने व्यवस्था गरिनेछ।

त्यस्तै, राति १२ बजेदेखि बिहान ६ बजेसम्म किशोर अवस्थाका प्रयोगकर्ताका लागि यी प्लेटफर्मको प्रयोगमा रोक लगाइने बताइएको छ। विद्यालय समयमा सामाजिक सञ्जालको प्रयोगबाट हुने सम्भावित असर कम गर्न बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म अधिकांश ‘पुस नोटिफिकेसन’ पनि निष्क्रिय गरिनेछ।

उमेरअनुसार अनुपयुक्त तथा प्रतिबन्धित सामग्रीमा बालबालिकाको पहुँच रोक्न थप कडा प्राविधिक उपाय अपनाइने सम्झौतामा उल्लेख गरिएको छ।

मेटाले भन्यो—गल्ती स्वीकार गरेको होइन

मेटाले भने आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै कानुनी विवाद अन्त्य गर्न सम्झौता गरेको जनाएको छ। कम्पनीका अनुसार अभिभावक तथा किशोर–किशोरीका लागि सुरक्षित र सकारात्मक डिजिटल अनुभव उपलब्ध गराउनु आफ्नो प्राथमिकतामध्ये एक हो।

सम्झौताअनुसार मेटाले १८ अर्ब अमेरिकी डलरसम्म तिर्नेछ। उक्त रकम विवादसँग सम्बन्धित प्रयोगकर्ता तथा अन्य निर्धारित प्रक्रियाअनुसार वितरण गरिने बताइएको छ।

बालबालिका र किशोर–किशोरीको मानसिक स्वास्थ्य, डिजिटल सुरक्षा तथा सामाजिक सञ्जालको बढ्दो प्रभावबारे विश्वव्यापी बहस चलिरहेका बेला यो सम्झौतालाई सामाजिक सञ्जाल कम्पनीमाथि थप जिम्मेवारी बढाउने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu