ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको निर्देशन : सरकार तलमाथी हुने कुनै सम्भावना छैन आनन्दले काम गर्नुहोस


एबीसी न्यूज
१९ कार्तिक २०७७, बुधबार   २ : ३१   बजे

 

काठमाडौं, १९ कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारल तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्द भएर काम गर्न आग्रह गर्नुभएको छ । सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताउनु भयो ।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उहाले भन्नुभयो, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे ।

भित्र बाहिर अनेक थरीका कोशिशहरु आए ।’ प्रधानमन्त्री ओलीले कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको पनि उल्लेख गर्नुभयो । उहाले कसैको नाम उल्लेख नगरी भन्नुभयो, ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिकट भएका छन् कोही यस्तो एडिकसनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’

उहाले आफुहरु स्थिरताको पक्षमा रहेको भन्दै देशमा स्थिरता भएमात्रै विकास, जनताको जिवनमा परिवर्तन ल्याउने सकिने बताउनु भयो । उहाले आफ्नो राजिनामाको हल्ला समेत चलाउने गरेको बताउनु भयो । ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहा पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस्’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।

उहाले कोभिडसँगको लडाई गरिबीसँगको लडाई पनि जितेर समृद्धितर्फ अगाडी बढ्ने घोषणा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु रहेको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह समेत गर्नुभयो । आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group