ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीयू र भेन्टिलेटरमा विरामीको चाप बढ्दै : कहाँ कति जना सूचिसहित


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   ७ : १४   बजे

काठमाडौं, २४ कात्तिक । देश भर ८२ जना कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । आईसीयूमा राखेर ३९८ जनाको उपचार भैरहेको छ ।

आइतबार नेपालमा कोरोना संक्रमित भएर होम आइसोलेशनमा बस्नेहरुको संख्या २९ हजार १९७ छ । काठमाडौं उपत्यकामा अस्पतालहरुमा कोरोना संक्रमितको चाप निक्कै धेरै छ भने उपत्यका बाहिरका जिल्लाका अस्पताहरुमा समेत संक्रमितको संख्या बढ्दै छ । बाहिरी जिल्लाहरुमा अस्पतालमा सामान्यदेखि भेन्टिलेटरहरुको संख्या सन्तोषजनक नै छ । संस्थागत आइसोलेशन तथा भएका अस्पतालहरुमा अक्सिजन लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापनमा सरकारी तथा गैरसरकारी निकायले निक्कै सकृयता देखाएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको बागमती प्रदेशको काठमाडौं, ललिलपुर र भक्तपुरमा रहेका अस्पतालहरुमा कोरोना संक्रमितको चाप अत्याधिक छ भने बाहिरी जिल्लाहरुमा रहेका अस्पतालमा चाप क्रमशः बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी काठमाडौं उपत्यकाका अस्पतालमा संक्रमितको चाप बढिरहेको बताउनुहुन्छ ।

जुन जिल्लामा सकृय संक्रमितहरुको सख्या पाँच सयभन्दा धेरै छ त्यो जिल्लामा रहेका अस्पतालहरुमा बिरामीको चाप छ । धेरै संक्रमित भएको जिल्लामा होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बस्नेहरुको संख्या समेत धेरै रहेकाले आईसीय तथा भेन्टिेलेटरमा राखेर उपचार गर्नुपर्ने र अक्सिजन दिनुपर्ने बिरामी मात्रै अस्पताल आउनुभएको छ ।

नेपालमा ३५ हजार ४१९ आइसोलेशनमा रहेकोमध्ये २९ हजार १९७ जना होम आइसोलेशनमै हुनुहुन्छ । काठमाडौं उपत्यकामा काठमाडौमा ११ हजार ६३८ जना होमआइसोलेशनमा हुनुहुन्छ । त्यस्तै, काठमाडौमा ५६ हजार २७३ जनाले कोरोनालाई परास्त गर्नुभएको छ । काठमाडौमा कोरोनाको कारण २७२ जनाको मृत्यु भैसकेको छ । ललितपुरमा होम आइसोलेशनमा एक हजार ८०३ जना हुनुहुन्छ । भक्तपुर होम आइसोलेशनमा एक हजार ७५२ जना हुनुहुन्छ ।

अहिले नेपालका झापा,मोरङ,सुनसरी,काठमाडौै, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा सकृय सक्रमितको संख्या पाँच सयभन्दा धेरै छ । त्यस जिल्लामा रहेका अस्पतालहरुमा संक्रमितको चाप छ । अरु धेरै जिल्लामा सामान्य बेडमा राखेर र होम आइसोलेशनमा राखिएर संक्रमितको उपचार भैरहेको छ ।

आइतबार साँझसम्म नेपालमा २९ हजार १९७ जना कोरोना संक्रमित होम आइसोलेशनमा छन् । त्योमध्ये प्रदेश नं १ मा चार हजार ५९८, प्रदेश २ मा ९८५, बागमती प्रदेशमा अठार हजार ८६८, गण्डकी प्रदेशमा एक हजार ७१०, लुम्बिनी प्रदेशमा दुई हजार ७५, कर्णाली प्रदेशमा ३०७ र सुदुरपश्चिम प्रदेशमा ६५४ जना संक्रमित होम आइसोलेशनमा छन् ।

पछिल्लो समय अस्पतालमा जानेभन्दा पनि घरमै आइसोलशन बनाएर बस्नेहरुको संख्या बढेको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा आईसीयमा रहेर उपचार गराउने संक्रमितको संख्या ३९८ छ । त्योमध्ये सबैभन्दा धेरै आइसीयूमा राखेर उपचार बागमती प्रदेशमा भैरहेको छ । यो प्रदेशमा १८० जनाको आइसीयूमा राखेर उपचार भैरहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच जना संक्रमितको आईसीयमा राखेर उपचार भैरहेको छ । भेन्टिलेटरमा राखेर उपचार गराउने संक्रमितको सख्या ८२ रहेकोमा बागमती प्रदेशको संख्यामात्रै ४१ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group