ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विरुद्धको खोप निस्किएको दाबी : ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   ७ : ५२   बजे

काठमाडौं, २४ कात्तिक ।  कोभिड–१९ का लागि बनिरहेको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिनेछ । यो खोपलाई उत्कृष्ट उपचारका साथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट पनि यसले बचाउन सक्छ । यो खोपलाई अहिलेसम्म ६ देशमा ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ र सुरक्षालाई लिएर कुनै चिन्ता नदेखिएको बताइएको छ ।

विश्वभर दर्जनौँ खोप परीक्षणको अन्तिम चरणमा छन् । जसलाई ‘फेज थ्री ट्रायल’ भनिन्छ । तर कुनै परिणामहरू देखाएको यो पहिलो खोप हो । यो खोपले पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोणको प्रयोग गर्छ, जसमा शरीरको प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार होस् भनेर भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गरिन्छ ।

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नको लागि खोपले शरीरमा एन्टिबडी बनाउने र प्रतिरोधी प्रणालीको एक अर्को हिस्सा निर्माण गर्ने पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ ।

यो खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइयो ।

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ ।

तर यस खोपलाई लिएर केही तार्किक चुनौती पनि आउनेछ । यसलाई शून्यदेखि ८० डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group