ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली संखुवासभा आउँदै : अरुण तेस्रो र किमाथांका नाका अनुगमन गर्ने


एबीसी न्यूज
२५ कार्तिक २०७७, मंगलबार   ४ : ४१   बजे

संखुवासभा, २५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसंग सिमाना जोडिएको जिल्ला संखुवासभा आउने भएको छ ।

प्रधानमन्त्री ओली संखुवासभा आउने भएपछि जिल्लामा तयारी तीव्र पारिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । उहाँको अनुसार, प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

संखुवासभाको चीनसंग नाका जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रहेको राष्ट्रिय गौरवको उत्तरदक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, त्यसपछि भोटखोला च्याम्ताङ राजमार्ग किमाथांका छिचोल्नका लागि नेपाली सेना तयार गर्दै गरेको बंकरको अनुगमन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओली बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमन गर्ने मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा ड्यामसाइटमा पुग्ने प्रजिअ आचार्यले बताउनुभयो ।

बुधबार बिहान साढे ८ बजे देखि साढे ३ बजे सम्म करिब ७ घण्टा संखुवासभाको तीन ठाउँमा बसेर अनुगमन गर्ने कार्यतालिका आएको प्रजिअ आचार्यको भनाइ छ ।

प्रधानमन्त्री ओलीसंगै हेलिकप्टरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहित आउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu