ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रुहरुसंग बढी भाडा लिए/नलिएकोबारे अनुगमन गर्न सिभिलमा ३२ जना प्रहरी खटिए


एबीसी न्यूज
२६ कार्तिक २०७७, बुधबार   ९ : ५६   बजे

काठमाडौं, २६ कात्तिक । उपत्यकामा दशैँको तुलनामा तिहार केन्द्रीत चहलपहल बढेको छ ।कोरोना भाइरसको सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले चहलपहल बढेको हो ।

दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिले सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्टहरु थप्ने काम भएको महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै ७४९ जना जनशक्ति थप गरिएको छ । यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ । यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।

सिभिलमा खटिएका ट्राफिक प्रहरीले यात्रु बनेर सार्वजनिक गाडीहरुले धेरै भाडा लिएको छ की छैन भनेर जाँच गर्ने र धेरै भाडा लिएको छ भने कारबाही गर्नै गरेको महाशाखाका प्रमुख ढकालले बताउनुभयो । यस्तै महाशाखाले जाँडरक्सी पिएको छ की छैन भनेर पनि जाँच गर्न सुरु गरेको छ । महाशाखाले गएको २४ घण्टामा मात्रै ९१९ वटा गाडीलाई कारबाही गरेको छ ।

कारबाहीबाट ५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो । अहिले ट्राफिक प्रहरीले ४ सयदेखि ५ सय गाडीलाई सम्झाएर छाड्ने गरेको छ । यस्तै सांगीतिक डमी अभियान अन्तर्गत ट्राफिक प्रहरीले अहिलेसम्म ८ हजारभन्दा धेरैलाई जनचेतना दिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group