ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि ट्रम्पका यस्ता नीति उल्ट्याउँदै छन् बाइडेन


एबीसी / संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार   ३ : ५७   बजे

 

अमेरिका, २८ कात्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अमेरिकी अध्यागमनका क्षेत्रमा निकै उथलपुथल ल्याए । अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि के गर्लान् ? धेरेको चासोको विषय रहेको छ ।

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि सिमानामा पर्खाल लगाउने डोनाल्ड ट्रम्पको योजना अन्त्य हुनेछ भने ट्रम्पका कैयन कार्यकारी आदेशहरु बाइडेनले उल्टाउनेछन् । बाइडेनले आफैले पनि आफ्नो कार्यकालमा सिमानामा एकइन्च पनि पर्खाल नलगाइने बरु सिमानाको रक्षाका लागि उच्च प्रविधिको विकाश गर्ने बताइसकेका छन् ।

बाइडेनले चुनावी अभियानका क्रममा अमेरिकी संसदले सन् १९८६ देखि पारित गर्न नसकेको अध्यागमन सुधारको बृहत बिल अगाडि ल्याउने बताएका छन् । सन् २०१३ मा यस्तै बिल पारित गर्ने प्रयास असफल भएको थियो । डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा ४ सयभन्दा धेरै कार्यकारी आदेशहरु जारी गरेका छन्, ती उल्टाउनु बाइडेनको सुरुको एकसयदिनको पहिलो प्राथमिकतामा पर्नेछ ।

सन् २००९ मा उपराष्ट्रपतिका रुपमा सपथ लिंदै बाइडेन । पर्खाल लगाउनका लागि ट्रम्पले घोषाणा गरेको संकटकाल, यात्रा र एसाइलममाथि लगाइएका कैयन प्रतिबन्धहरु, अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिकोमा फिर्ता पठाउने नीति लगायतलाई खारेज गर्ने बाइडेनको चुनावी अभियानको वेवसाइटमा उल्लेख छ । त्यस्तै पब्लिक चार्जको नियम पनि खारेज गर्ने बाइडेनको योजना छ ।

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई पनि बाइडेनले पुनस्थापित गर्ने र लम्बाउनेछन् । अमेरिकामा ट्रम्प प्रशासनले शरणार्थीहरु स्वीकार गर्ने बार्षिक कोटा १५ हजारमा झारेकोमा त्यसलाई बढाएर १ लाख २५ हजार बनाउने बाइडेनको योजना रहेको छ । जुन ओबामाको बेलाको भन्दा पनि बढी हो ।

अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अध्यागमन सुधारको योजना ल्याउने बाइडेनको योजना रहेको छ । त्यस्तै कृषि क्षेत्रमा काम गर्नेहरुका लागि नागरिकताको प्रकृया छिटो बनाउनेदेखि रोजगारमा आधारित ग्रिनकार्डका लागि विभिन्न देशमा लगाइएको कोटाको सिमाबन्दी खारेज गर्ने बाइडेनको योजना छ ।

अध्यागमन सुधारका क्षेत्रमा सन् १९८६ देखि संसदबाट कुनै बिल पारित भएको छैन । संसदको सिनेटमा रिपब्लिकनको पकड कायम भएको खण्डमा बाइडेन प्रशासनले पनि अध्यागमन सुधारका क्षेत्रमा उल्लेख्य कदम चाल्न मुस्किल हुनेछ ।

बाइडेन अहिले अमेरिकामा कैयन आप्रवासीहरुका आशाका केन्द्र बनेका छन् । तर आप्रवासीहरुले ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपति भएकै बेलामा अमेरिकाबाट ट्रम्पको कार्यकालमा भन्दा पनि धेरै देशनिकाला भएको तथ्य भने बिर्सेका छैनन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडनको जितलाई चुनौती दिन कानुनी प्रक्रिया सुरु गरिसकेका छन् । तर, अहिलेसम्म ट्रम्पले कानुनी प्रक्रियामा आफूले जित्न सक्ने कुनै आधार वा प्रमाण पेश गर्न सकेका छैनन् । त्यसैले कुनै ढिलाइ नभए बाइडनले जनवरी २० बाट अमेरिकाको राष्ट्रपतिको रुपमा आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

स्वास्थ्य

जो बाइडनले राष्ट्रपति निर्वाचनको प्रचारको क्रममा नै अमेरिकाको स्वास्थ्य स्याहारमा सुधारको एक महत्वपूर्ण एजेन्डा बनाएका थिए । निर्वाचित भएदेखि नै उनले अहिले विश्वभर चलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रणको लागि कार्ययोजना बनाउन छुट्टै टोली बनाइसकेका छन् । यसअघि ट्रम्पले कोरोना भाइरसलाई कमजोर भाइरस रहेको दाबी गर्दै यसको कारणले अर्थतन्त्रमा असर पार्न नहुने तर्क गर्दै आएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा ओबामाको पालना ल्याइएको ‘हेल्थकेयर’को योजनाको पनि विरुद्धमा देखिएका थिए ।

त्यस्तै कोरोना भाइरस ९कोभिड–१९० को विषयमा जारी द्वन्द्वको कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पनि ट्रम्पले बाहिरिने निर्णय गरेका थिए । डब्ल्यूएचओ पक्षपाती हुँदै चीनको पक्ष लिएको भन्दै उनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेका थिए । तर, बाइडनले ट्रम्पको यो कदमको आलोचना गर्दै आफू राष्ट्रपति बने आफूले अमेरिकालाई पुनः डब्ल्यूएचओमा जोड्ने बताएका थिए ।

व्यापार

ट्रम्पले आफ्नो कार्यकालमा अर्थतन्त्र तथा व्यापारलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए । उनले अन्य मुलुकहरुले अमेरिकाबाट खराब सम्झौताको कारण उल्लेख्य लाभ लिइरहेको आरोप लगाउँदै यसअघिका सम्झौता रद्द गर्दै नयाँ सम्झौता गर्ने वा अतिरिक्त भन्सार शुल्क बढाउने नीतिलाई तीव्रता दिएका थिए । जसको सुरुवात उनले ट्रान्स प्यासेफिक पार्टनरसिप ९टीपीपी०बाट बाहिरिने निर्णयबाट गरेका थिए । ओबामाले ट्रान्स प्यासेफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न यो सम्झौतामा सामेल हुने निर्णय गरेका थिए । यस्तोमा ओबामाकै पालामा उपराष्ट्रपति बनेका बाइडन आएपछि अमेरिकाले यो सम्झौताबारे पुनर्विचार गर्न सक्छ ।

त्यस्तै अहिले विभिन्न मुलुकसँग रहेको व्यापारिक तनाव पनि बाइडन आएपछि कम हुँदै जाने विश्लेषकहरुले बताएका छन् । बाइडनले चीनलगायत विभिन्न मुलुकसँग अहिले जारी रहेको अतिरिक्त भन्सार शुल्कको विषयमा सहयोगीहरुसँग छलफल गरेर निर्णय लिने बताइसकेका छन् । त्यस्तै अहिले विश्व व्यापार संगठन ९डब्ल्यूटीओ०को विषयमा पनि अमेरिका र अन्य मुलुकको बीचमा विवाद देखिँदै आएको छ । यो विवादको कारण डब्ल्यूटीओको महत्वपूर्ण पद रिक्त छन् । बाइडन आएपछि उनले यसमा सहकार्य गर्दै अमेरिका पुनः नेतृत्वकर्ता मुलुकको रुपमा उदाउन सक्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तन

बाइडनको आगमनसँगै परिवर्तन हुने अमेरिकाको नीति जलवायु परिवर्तनसम्बन्धी नीति हो । ट्रम्पले सन् २०१५ मा जलवायु परिवर्तन न्यूनीकरणको लागि भएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । यससँगै गत साता अमेरिका आधिकारिक रुपमा उक्त सम्झौताबाट बाहिरिसकेको छ । बाइडनले यसअघि नै आफू राष्ट्रपतिमा निर्वाचित भए आफ्नो पहिलो निर्णय यो सम्झौतामा सामेल हुनु नै रहने बताएका थिए । त्यसैले बाइडन आएपछि अमेरिकाको जलवायु परिवर्तनको नीति परिवर्तन हुन सक्ने स्पष्ट भइसकेको छ । यससँगै बिस्तारै बाइडनको कार्यकालमा अमेरिकाका धेरै कोइला खानीहरु बन्द हुने र नवीकरणीय ऊर्जाको विस्तारमा सहयोग पुग्ने अनुमान गरिएको छ ।

इरानसँगको विवाद

ट्रम्पको कार्यकालमा अमेरिकाको इरानसँगको सम्बन्ध निकै नै चिसियो । यी दुई मुलुकको बीचमा करिब युद्धको अवस्था सृजना भयो । अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । सो निर्णयबाट यी दुई मुलुकको सम्बन्ध बिग्रिन सुरु भएको थियो । यसैक्रममा ट्रम्पले इरानका शक्तिशाली जनरल कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएका थिए ।

बाइडन आएपछि भने इरानसँगको तनाव पनि कम हुने अपेक्षा गरिएको छ । सन् २०१५ मा ओबामाकै पालामा यो सम्झौता भएकाले बाइडन इरानको मामिलामा लचिलो बन्न सक्ने अनुमान गरिएको छ । साथै यो सम्झौतामा सामेल अन्य मुलुकले पनि अमेरिकालाई यो सम्झौतामा जोडिन दबाब दिइरहेको कारण अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने अपेक्षा छ ।

अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडनले आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group