ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालय बैठक आज १ बजे बस्ने, अध्यक्ष ओलीको प्रस्ताव पेश हुने


एबीसी / संवाददाता
१३ मंसिर २०७७, शनिबार   ७ : ०१   बजे

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार १ बजे बस्दैछ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो ।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ ।

सचिवालयका एक सदस्यका अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले आजको बैठकमा पेश हुनेछ ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डले १९ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० दिनपछि चमत्कार : सञ्जयले भने– ‘सुरुङभित्र सबै सकुशल छन्’

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu