ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिनमै बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने


एबीसी / संवाददाता
१७ मंसिर २०७७, बुधबार   ३ : ३४   बजे

काठमाडौं, १७ मंसिर । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरलाई बेलायतले प्रयोगको अनुमति दिएको छ। सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो नै सबै भन्दा पहिलो खोप र राष्ट्र हो।

मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी एजेन्सी ९एमएचआरए०ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै यसको प्रयोगको अनुमति दिएको हो। बुधबार बेलायत सरकारले विज्ञप्ती जारी गर्दै खोप वितरणको कार्य अर्को हप्तादेखि सुरु हुने जानकारी दिएको हो।

अमेरिकाले यो खोप स्वीकृतिका लागि द्रुत गतिमा अघि बढ्ने संकेत गरेको थियो। खोपको सम्भावित रोलआउटका लागि देशभरका चिकित्सकहरूलाई स्ट्यान्डबाइमा राखेको थियो। तर बेलायत सरकारले भने अहिले नै खोपको ४ करोड डोज माग गरिसकेको छ। जसका लागि कुल दुई करोड बेलायती रकम खर्च हुने अनुमान गरिएको छ। यो खोप प्रति व्यक्ति दुई डोज लगाउनु पर्ने हुन्छ।

फाईजरले केबल १० महिनामा खोप तयार पारेको हो। जुन अहिलेसम्मकै छोटो समय मानिएको छ। यसअघि कुनै पनि खोप बन्नका लागि वर्षौँ लाग्ने गरेको अनुसन्धनकर्ताहरुको भनाइ छ।

खोप वितरणमा उच्च जोखिममा रहेको मानिसहरु र फ्रन्टलाईनमा रहेका कर्मचारीहरुलाई प्राथमिकतामा राखिने बेलायत सरकारले जनाएको छ। यस्तै फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमासमेत खोप वितरणको अनुमतिका लागि निवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu