काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको कृष्णभीरस्थित पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्र्याक निर्माण सुरु गरिएको छ ।
गत भदौ १० गते आएको बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि उक्त खण्डमा राजमार्गको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । सडक भत्किएपछि यातायात सेवा ठप्प हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् ।
अवरुद्ध सडकलाई पुनः सञ्चालनमा ल्याउन सडक विभाग र सम्बन्धित निकायले नयाँ मार्ग निर्माणको काम अघि बढाएका हुन् । राजमार्गलाई पुनः जोड्ने गरी नयाँ ट्र्याक खोल्ने कामलाई तीव्रता दिइएको छ ।
नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्