ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्रको विवाद मिलाउन नेताहरु दौडधूपमा व्यस्त (भिडियोसहित)


सपना थामी
२० मंसिर २०७७, शनिबार   ९ : १९   बजे


काठमाडौं २० मंसिर ।  यता, पार्टीका भातृ संगठनको गुट भेला भइरहेका बेला नेकपाका नेताहरु भने पार्टीभित्रको विवाद समाधानका लागि दौडधूप गरिरहेका छन् । आज सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा छलफल भएको छ भने महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि बिहीबार प्रचण्डस“ग छुट्टाछुट्टै भेट गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकताको रक्षा गर्दै नेकपाभित्र देखा परिरहेका विभिन्न संकट एवम् समस्या समाधानका लागि पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबीचको शिर्ष नेताहरुले एकअर्का पक्षका नेताहरुलाई भेट गरि पार्टी विवाद समाधानका विषयमा उपाय खोज्ने क्रम जारी छ । शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगि अध्यक्ष प्रचण्डस“ग छलफल गर्नुभयो । यस्तै महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अध्यक्ष प्रचण्डस“ग छुट्टाछुट्टै भेट तथा छलफल गर्नुभएको छ । यसअघि नेताहरुको बीचमा अनौपचारिक छलफल, अन्तरक्रिया र संंवादका प्रक्रिया अगाडी बढाइनु उपयुक्त हुने भन्दै नेकपा बैठकले निर्णय गरेको थियो । यसका साथसाथै औपचारिक छलफलका प्रक्रिया पनि अगाडी बढाइने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीस“ग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । भेटवार्ता बारे केही नखुलाइए पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपतिले पहल गर्नुभएको बताइएको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रको विवाद झन् बढेको छ । अर्को बैठक शनिबारको लागि बोलाइएको छ । शनिबार सचिवालय बैठक बस्नुअघि सहमतिको लागि अनौपचारिक छलफल हुने नेताहरुले बताएका छन् । तर यसबीचमा सहमतिको प्रयास भन्दा दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । समस्याहरुको कारणको पहिचान गर्दै पार्टीको समस्याको समाधान गर्ने दिशातर्फ जानेगरि छलफल अगाडी बढाउने प्रयत्न निरन्तर रहेको पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले राख्नुभएका छुट्टाछट्टैु प्रस्तावहरु र एकअर्कामा गुम्सिएका असन्तुष्टिहरु समेत बैठकमार्फत छिनोफानो हुनुपर्ने नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल बताउनुहुन्छ । स्थायी समितीले टुंगो नलगाए केन्द्रिय कमिटीले अनिवार्यरुपमा टुंगो लगाउनैपर्छ भन्ने भनाई वरिष्ठ नेता नेपालको छ । दुइ पार्टी एकीकरण हुदा न्यूनतम आधारहरुमा समेत नटेकिएको भन्दै वरिष्ठ नेता नेपालले महाधिवेशन गर्ने आधार समेत नभएको बताउनुभयो ।

नेकपामा प्रचण्ड–माधव पक्ष्ँ भने सहमति र बहुमतको आधारमा पार्टीका समस्याहरुलाई समाधान गर्नुपर्नेमा र ओली पक्षले भने दुवै पक्षको प्रस्ताव फिर्ता लिइ साझा प्रस्तावसहित अगाडी बढ्नुपर्नेमा जोड दिइरहेका छन् । पछिल्लो समय भएको नेकपाका शिर्ष नेताहरुबीचको द्धिपक्षीय छलफल, बहस एवम् कुराकानीहरुले भोली शनिबार दिउ“सो १ बजे बस्ने सचिवालयको बैठक अगाडी नैसमझदारी हुने झिनो आसा भने पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group