ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड-नेपालले डाकेभन्दा पहिला बस्ने गरी ओलीले पनि बोलाए केन्द्रीय कमिटी बैठक


एबीसी / संवाददाता
६ पुस २०७७, सोमबार   ४ : ५५   बजे

काठमाडौं, ६ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पनि भोलि, मंगलबार केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ । केन्द्रीय कार्यालयबाट केहीबेर अघि सबै केन्द्रीय सदस्यहरूलाई मेसेज पठाइएको छ।

बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सबै केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएको छ । प्रचण्ड नेपाल समूहले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक राखेका छन् भने उक्त बैठक बस्नु अघि नै बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राख्नु भएको छ । आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको थियो। तर ओली पक्षले भने त्यो विधानअनुसार स्थायी कमिटी बैठक नभएको बताउँदै आएको छ। ओली र प्रचण्ड- नेपाल पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्न केन्द्रीय समिति बैठक डाकेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group