ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७७ जिल्लामा यसरी फुट्यो नेकपा स् प्रचण्ड–नेपाल समूहमा ४४ अध्यक्ष, ६३ सचिव


एबीसी / संवाददाता
१८ पुस २०७७, शनिबार   ८ : ३०   बजे

काठमाडौं, १८ पुस । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा वडा तह सम्म परेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन्। पछिल्लो समय पार्टी भित्रको विवाद बढ्दै जाँदा प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई कतै खुल्नु भएको छैन । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट विरक्तिएर राजनीतिबाटै सन्यास लिने घोषणा समेत गर्नु भएको छ । ओलीनिकट रहेका धादिङका नेत्र पौडेलले विभाजनबाट विरक्तिएर त्यस्तो घोषणा गर्नुभएको छ।
जिल्ला सचिवमध्ये प्रचण्ड–नेपाल पक्षमा ६३ जना खुलेका छन् भने ओलीतर्फ १२ जना देखिएका छन्। जिल्ला सचिवमध्ये एकजना (महोत्तरीका सौकलाल यादव) तटस्थ छन् भने रौतहट जिल्ला कमिटीमा अहिले सचिव पद रिक्त छ। एकताको समयमा पूर्वएमाले र पूर्व माओवादीबीच क्रमशः ४४ र ३३ जिल्ला अध्यक्षको भागबण्डा गरिएको थियो। त्यतिबेला माधव नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको अध्यक्ष पद माओवादीलाई दिइएको र आफ्नो भागमा सचिव पारिएको आरोप नेपाल पक्षले लगाएको थियो। त्यही कारण अहिले प्रचण्ड–नेपाल पक्षमा अत्यधिक सचिव छन्। अहिले आफ्नो कित्ता स्पष्ट नगरेका कतिपय स्थानीय नेताहरुले चुनाव चिन्ह सूर्य र नेकपा नाम जुन पक्षले पाउँछ त्यतै लाग्ने बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu