ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटनः राजनीतिक घटनाक्रमको कानुनी उपचार (भिडियोसहित)


सपना थामी
२१ पुस २०७७, मंगलबार   १० : ३३   बजे

काठमाडौं, २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनबारे बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाई हुँदैछ । यसअघि सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सुनुवँई गर्दै पुस १९ गतेसम्म संसद विघटनको कारण र सक्कल कागजात पेश गर्न आदेश दिएको थियो । संसद विघटनको फैसला प्रक्रियागत ढंगबाट सर्वोच्च अदालतमार्फत अघि बढिरहेको समयमा यता संविधानविद्हरुले भने संविधानसम्मत् ढंगले निर्णय हुनेमा ढुक्क रहन भन्दै ढाडस दिइरहेका छन् ।

प्रतिनिधिसभा विघटनबारे पुष २२ गते सर्वोच्च अदालतमा निरन्तर सुनुवाई हुँदैछ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गर्नुभएको थियो । संसद विघटनभएस“गै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमा लगायतका सबैजसो राजनीतिक दलले प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक भएको भन्दै निरन्तर विरोध जनाउँदै आएका छन् । सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत अन्य राजनीतिक दल, नागरिक समाजले समेत संसद विघटन संविधानमाथीकै कू भएको भन्दै चरम् असहमति जनाएका छन् । संविधानविद् डाक्टर विपिन अधिकारी पनि बर्तमान संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने तर्क गर्नुहुन्छ । संविधानमा स्थीर सरकारको अवधारणा अनुसार सर्वप्रथमत, दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने, अविश्वासको प्रस्ताव राखिहाले वैकल्पिक प्रधानमन्त्री समेत तोकिनुपर्ने, अविश्वास प्रस्ताव आएको १ वर्षसम्म कुनै पनि अर्को अविश्वासको प्रस्ताव ल्याउन नपाउने र ५ वर्षसम्मको प्रतिनिधिसभा चल्नसक्ने प्रावधान छ । तर, प्रधानमन्त्री ओलीले यी विकल्पहरु प्रयोग नगरि सोझै संसद विघटन गर्नु असंवैधानिक भएको संविधानविद् अधिकारी बताउनुहुन्छ ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले विपक्षी बनाइएका प्रधानमन्त्री ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई पुष १० गते कारण देखाऊ आदेश जारी ग¥यो । सो अनुसार पुष १९ गते तीनै वटा निकायले आइतबार लिखित जवाफ अदालतलाई दिइसकेको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पहिलो वर्षदेखि नै पार्टीभित्र बाटै अस्थिरता निम्त्याउने अवस्था सिर्जना भएको, आफ्नो राजनीतिक चरित्र हत्या गर्न आरोपपत्र पेस गर्नेसम्मका कार्यहरु भएको र राजनीतिक परिवेशले निम्त्याएको परिघटनालाई राजनीतिक रुपमा नै आमजनताले मूल्यांकन गर्ने हुदा यो विषय न्याय निरुपणको मापदण्डभित्रै नपर्ने दाबी गर्दै प्रस्तुत रिटहरु खारेजयोग्य भएको समेत उल्लेख गर्नुभएको छ । तथापि, संविधान एवम् कानुनका जानकारहरु भने, प्रधानमन्त्रीले जवाफमा भनेजस्तो दलभित्रको राजनीतिक कारणबाट संसद विघटन हुन नसक्ने भन्दै विगतमा पनि संसद विघटनका मुद्दालाई अदालतले व्यहोरिसकेको र नेपालमा राजनीतिक संस्कार नभएका कारण पटक–पटक संविधान नै जोखिममा पर्ने गरेको बताइरहेका छन् ।

यस्तै राष्ट्रपति कार्यालयले संविधानप्रदत्त अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको लिखित जवाफ सर्वोच्च अदालतलाई दिएको छ । संविधानको धारा ६६ (२) मा व्यवस्था भएअनुसार संसद विघटनको सिफारिस राष्ट्रपतिद्धारा स्वीकार गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तर सभामुख अग्निप्रसाद सापकोटाले भने आफू विघटनको विपक्षीमा रहेको र संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष १७ गतेभित्र संसदको सातौं अधिवेशन गर्ने गृहकार्य भइरहदा अप्रत्यासित रुपमा प्रतिनिधिसभा विघटन हुदा सिंगो संसद मर्माहित भएको र यो सार्वभौम जनताको जनप्रतिनिधिमूलक संस्थामाथी नै हस्तक्षेप भएको लिखित जवाफ दिनुभयो । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीमाथीको अविश्वास प्रस्तावको समय उल्लेख समेत गरि प्रनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीस“ग नरहेको जवाफ दिनुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले यस उपर सुनुवाइ अगाडि बढाइरहेको छ भने यो अवस्थामा न्यायका आधारभूत सिद्धान्त एवम् संविधानवादका आधारमा संसद विघटनबारे फैसला हुने संविधानविद्हरुले बताइरहेका छन् । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णयपछि पनि कुनै पक्षलाई चित्त बुझेन भने पनि संवैधानिक प्रक्रिया अगाडी बढाउन सकिने समेत संविधानविद्हरुको सुझाव छ ।

यता सत्तारुढ नेकपा ओली खेमा आजभोली चुनावलक्ष्ँित कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ भने अर्का नेकपा प्रचण्ड–नेपाल खेमाले भने पुष २० गतेदेखि माघ २३ गतेसम्मका आन्दोलनकै कार्यक्रमहरु घोषणा गरि चरणबद्धरुपमा अघि बढिरहेको छ । सूर्य चिन्ह लगायत विभिन्न पार्टीगत झमेलाका विषयमा निर्वाचन आयोगले निर्णय गर्नेछ भने आयोग स्वयम् पनि सरकारले निर्वाचन घोषणा गरेस“गै तयारीका लागि अर्थ मन्त्रालयस“ग छलफल समेत अघि बढेको जनाएको छ । संसद विघटनपछि देशमा उत्पन्न भएका यी सबै अन्योल को निकास भने सर्वोच्च अदालतको फैसला पछि पुनः संविधानप्रदत्त मार्गमा अघि बढ्ने विश्वास संविधानविद्हरुले दिलाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu