ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ओली र प्रचण्ड–माधव दुवै खेमाले पार्टी फुटेको स्पष्ट उल्लेख गरेको छैन : निर्वाचन आयोग (भिडियोसहित)


सपना थामी
२४ पुस २०७७, शुक्रबार   १० : २१   बजे

काठमाडौँ, २४ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओली खेमा र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै खेमाको नेपाल कम्युनिष्ट पार्टीले आ–आफ्नै पार्टी आधिकारिक एवम् मूल नेकपा भएको दाबी गरिरहदा निर्वाचन आयोगलाई विवादित विषयको चुरो भेटाउनै मुस्किल परेको छ । आयोगमा एकले अर्कालाई गरेको कारबाहीसहितको अलग–अलग पत्र ओली र प्रचण्ड–नेपाल दुवै खेमाले बुझाए पनि पार्टी फुटेको स्पष्ट जानकारी भने दुवै पक्षको पत्रमा उल्लेख छैन । यसकारण नेकपा आधिकारिकताको निरुपणको अन्तिम विकल्पका रुपमा रहेकोे आयोगले समेत अबको कदम के गर्ने भन्नेबारे गम्भिर अध्ययन गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको विवादले देशमै एउटा विचित्रको धर्मसंकट पैदा गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै खेमाको नेकपा झण्डै पुनः एक हुने सम्भावना नरहेको अवस्थामा पुगेको छ । यद्दपि, दुवै खेमाले अहिलेसम्म पनि स्पष्ट रुपमा पार्टी फुटेको अभिव्यक्ति कही कतै दिएका छैनन् न त, निर्वाचन आयोगमा पेश गरिएको औपचारिक कागजातमै त्यो कुरा उल्लेख छ । यता संसद विघटनविरुद्धका रीटमाथीको सुनुवाई पुष २२ गते बुधबारदेखि निरन्तर हुने भनिएपनि कानुन व्यवसायीहरुको माग अनुसार इजलास फेरबदलसहित अर्को बुधबारदेखि मात्र सुनुवाई हुने संवैधानिक इजलासले बताएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान र कृष्णप्रसाद भण्डारी लगायतले प्रश्न उठाएपछि प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा आफू नबस्ने घोषणा गर्नुभएको थियो । उनीहरुले प्रधानमन्त्री ओलीले देश र जनताको छातीमा बुटले किल्चेर असंवैधानिक निर्णय गरेको बताउदै आएका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यँदेवी भण्डारीको सिफारिस सबै खारेज गरिनुपर्ने माग समेत राख्दै आएका छन् ।

त्यसो त, नेकपा पुर्नमिलनको अन्तिम कोसिसमा अझैपनि केही नेताहरु देखिएका छन् । राष्ट्रियसभा सदस्य तथा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले आफू अझै कुनै पनि समूह्मा नरहेको र पार्टी एकता जोगाउन पहल गरिरहेको बताउनुभएको छ । एक्लैले पार्टी एकता जोगाउन सम्भव नरहने अवस्थामा संगठनात्मक ढंगबाट समेत पार्टीलाई अझै एक गर्न सकिने धारणा गौतमको छ । प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता हुनु अगावै राजीनामा दिएको भए आज नेकपा र सिंगो देशले नै यो अवस्था भोग्नु नपर्ने भनाई उहा“को छ । विगत ९ महिनायता आलोचना गर्ने समूह्मा पनि रहि आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव ल्याउनबाट रोकेको पनि उहा“ले बताउनुभयो ।

नेकपा ओली खेमाले भने निर्वाचनको मिति घोषणा हुदैमा पार्टी फुटीहाल्नुपर्ने कुनैै कारण नरहेको समेत बताउदै आएको छ । विशेषतः आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचन, दुवै खेमा पुनः एक हुनसक्ने अर्को विकल्प समेत रहेको ओली खेमाको दाबी छ । त्यसो त, प्रचण्ड–नेपाल खेमाले पनि ओलीलाई अध्यक्ष पदबाट कारबाही गरेपनि सच्चिएर पुनः पार्टीमा फर्कन आव्हान गरिरहेको छ । प्रचण्ड–नेपाल खेमाको महासचिव पद अझै रिक्त नै छ ।

नेकपाका नेताहरु स्वयम्ले पार्टी पुनः एक हुनसक्ने सम्भावनाका बाटोहरु अझै बा“की रहेको बताईरह“दा भरसक दुवै खेमा एक हुनु नै सबैभन्दा उपयुक्त विकल्प हुने निर्वाचन आयोग लगायत सबैको धारणा छ । चुनावचिन्ह र नाम पनि उही रहेको दुवै नेकपा खेमाले पार्टी फुटिसकेको स्पष्ट उल्लेख भने औपचारिक वा अनौपचारिक रुपमै समेत कही कतै उल्लेख नगरेका कारण विवादको चुरोमै प्रवेश गर्न कठिन देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu