ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि : ६ करोड ३९ हजार ९४ हजार निको


एबीसी / संवाददाता
२५ पुस २०७७, शनिबार   १० : १७   बजे

काठमाडौं,  २५  पुस । विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहानसम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २० हजारभन्दा बढीमा संक्रमण भएको छ ।  कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ ।

अहिलेसम्म १९ लाख २० हजार ७९० संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान सम्म कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १४ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल संक्रमितको २६.२१ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३४ लाख १६ हजार ५३६ छ । यसमध्ये १ लाख ८ हजार ८५४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड २४ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ७८ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ । प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group