ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुन्छ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२५ पुस २०७७, शनिबार   ६ : ४०   बजे

काठमाडौं,  २५ पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।  शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताउनुभएको हो । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गर्नुभयो । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश र संविधान माथि संकट नपरी स्वार्थी तत्वहरुको स्वार्थमा संकट परेको टिप्पणी गर्नुभयो । उहाँले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरुलाई पूर्णता दिन नचाहाने लगायतका विभिन्न अवरोधहरु सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताउनुभयो ।

उहाँले चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाएपनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो । तराईमा विकास निर्माणका काम धेरै भएको बताउँदै प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराई सबैतिर विकासको लहर ल्याई देशको विकास गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu