ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारत र नेपाल आकारमा सानो–ठूलो देश भए पनि हैसियत बराबर’ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२८ पुस २०७७, मंगलबार   ८ : ५०   बजे

काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभयो । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उहाँको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताउनुभयो । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चौधरीसँगको अन्तर्वार्ता सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिना अघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीसँग उहाले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका र भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न राख्नु भएको थियो । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिनु भएको थियो । साथै उहाले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिनुभयो । ‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताउनुभयो । यस्तै भारत र चीनको प्रतिस्पर्धामा नेपालले सधैँ भारतलाई नै दोष देखाउने गरेको भन्ने प्रश्नमा पनि आफूहरुले त्यस्तो नगरेको र यो गलत बुझाइ भएको भन्दै ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताउनुभयो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता सार्वजनिक भएको हो । जी न्युज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने न्युज च्यानलको रुपमा पनि चिनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group