ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आचार संहिता जारी नहुदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउँछ – सुवासचन्द्र नेम्वाङ


एबीसी / संवाददाता
३ माघ २०७७, शनिबार   ४ : ३३   बजे

काठमाडौं, ३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओलि पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको बताउनुभएको हो । संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उहाँले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गर्नुभयो । संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी नहुदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उहाँको भनाई छ ।

नेम्वाङले सरकारले घोषणा गरेको वैशाख १७ र वैशाख २७ गते नै निर्वाचन हुने बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै विज्ञहरुले टिप्पणी गरिरहेको उहाँको भनाई छ । देश निर्वाचनमा गइसकेकोले प्रतिपक्षी दलले निर्वाचन केन्द्रीत भएर कार्यक्रम गरिरहेकोले आफुहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताउनुभयो । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफुहरुले पाउनुको विकल्प नरहेको उहाँको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताउनुभयो । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताउनुभयो ।
सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा बाहिर बोलेर दबाब दिनु नहुने उहाँको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले सरकारले थुप्रै राम्रा काम गरेको बताउनुभयो । एसिड आक्रमणकारीलाई दण्डित गर्ने कानुन, वलात्कारको घटनामा मिलापत्र गराउन नपाईने कानुन निर्माण गर्नु, देशलाई फुसको छानो मुक्त बनाउने तथा ससस्त्र द्धन्द्धको बेलामा घाईते भएका लडाकुलाई निशुल्क उपचार गराउने निर्णय गर्नु सरकारको निकै राम्रो काम भएको उहाँको भनाई छ । सरकारले छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान दिने लडाकुहरुलाई राज्यले सम्मान गर्ने घोषणा गर्नेपनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group