ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकिकरणका बेला गरिएका सहमतीमा ओली इमान्दार भएनन् – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
५ माघ २०७७, सोमबार   ६ : २१   बजे

काठमाडौं, ५ माघ ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकिकरणका बेला गरिएका सहमतीमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभएको हो ।

उहाँले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतीको संघर्ष भएको बताउनुभयो । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरुप चले नचलको हेरेर को सहि र को गलत छुट्याउन उहाँले कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमती, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमती किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाई छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उहाँले आफुहरु जनताको अदालतमा जाने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group