ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
६ माघ २०७७, मंगलबार   ५ : ४८   बजे

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताउनु भएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध आएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’

उहाले ओली धुर्त भएका आरोप पनि लगाउनुभयो , ओलीले आफ्नो अधिकारमा नभएको कुरा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजिरहेको आरोप लगाउँदै उहाले यसलाई जोगाउन सडकमा उत्रिनु परेको बताउनुभयो । ‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ भने त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ,’ उहाले भन्नुभयो । नेपाली जनता सिंहको संज्ञा दिँदै भएको दाबी गर्दै सबैले एकपटक गर्जिनुपर्ने तर्क गर्नुभयो । ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएको समेत बताउनुभयो । पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पारे। पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गर्नुभयो । सम्बोधनका क्रममा उहाले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा गर्नुभयो । ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनुभयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले यो बेलाको बोली हतियारको बोली नभएको तर्क गर्नुभयो । प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको बताउउनुभयो । ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद बिघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उहाले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा पीडाबोध आफूले गरेको बताउनुभयो । आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu