ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नलाग्नुहोला : माधवकुमार नेपाल


एबीसी / संवाददाता
१२ माघ २०७७, सोमबार   २ : १३   बजे

काठमाडौँ, १२ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिनुभएकोे छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाले ओलीको पार्टीको कुनै काम नभएको आरोप लगाउनु भएको हो ।

‘केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ,’ नेपालले भने, ‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो ? त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन ।

त्यसको कुनै काम छैन ।’ ओली समूहले जिल्ला जिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको भन्दै त्यसको भुलभुलैयामा नपर्न पनि नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘सुन्दै छु जिल्ला जिल्ला गएर डमरु बजाउँदै छन्, को आउनुहुन्छ आउनुस्, टिकट लिनुस्, केन्द्रीय सदस्य बन्नुस् भनेर । यो भुलभुलैयामा नपर्नुहोला,’ नेपालले भन्नुभयो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुनै व्यवस्था नै भएको भन्दै नेपालले सर्वोच्च अदालतले अन्यथा निर्णय गर्छ भनेर आफूहरूले नसोचेको बताउदै ओलीले वैशाखमा चुनाव गराउँछन् भनेर भ्रममा नपर्न पनि नेपालले आग्रह गर्नुभयो । ‘केपी ओलीको चुनाव गराउने चाहना छैन । तीन महिनामा चुनाव गरेर उहाँ बालकोट जानुहुन्छ ? यो पाँच वर्ष बस्छु, अर्को पाँच वर्ष पनि बस्न संकटकाल लगाएर भए पनि, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने उहाँको चाहना हो,’ नेपालले भन्नुभयो ।

अर्का अध्यक्ष प्रचण्डले ओलीको जालसाजी नबुझेको भन्दै उहाले आफूहरू भुक्त्तभोगी भएको दाबी समेत गनुर््भयो । निर्वाचन आयोगको पत्रको प्रसंग निकाल्दै नेपालले भन्नुभयो, ‘प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, सही गर्नुभएनछ । दुई अध्यक्षको सही हुनुपर्नेमा एउटा अध्यक्षको मात्रै सही भयो भनेर । निर्वाचन आयोगले लेखेर पठाएछ । हुन सक्छ उहाँलाई फकाउन मैले मात्रै सही गरेर पठाइदिए हुन्छ भने होलान् । प्रचण्डले हुन्छ–हुन्छ भन्दिनुभयो होला । हाम्रो प्रचण्ड कमरेड अलि सोझो पनि हुनुहुन्छ । जालझेल बुझ्नुहुन्न । हामी त भुक्तभोगी पूर्वएमालेका मान्छेहरु । मैले त एउटै घटनाबाट थाहा पाउँछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu