ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता


एबीसी / संवाददाता
१२ माघ २०७७, सोमबार   ७ : ४२   बजे

काठमाडौँ, १२ माघ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम र केही दिन अघिमात्र आफ्नो ४ वर्षे कार्यकाल सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको थियो ।
भेटपछि ट्वीट गर्दै राजदूत बेरीले भन्नुभएको छ ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले प्रचण्डलाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

स्रोतका अनुसार उक्त भेटमा बेरीले दाहालसँग नेपालको आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा पनि जिज्ञासा ब्यक्त गर्नुभएको थियो । प्रचण्डलेले बेरीसँग राजनीतिक घटनाक्रमबारे आफ्ना कुराहरु राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै नेपालको आन्तरिक राजनीतिमा फेरि अन्योल सिर्जना भइरहेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले सबैभन्दा पहिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको थियो । अमेरिकी दूतावासका अनुसार यी भेटवार्ताहरु नेपाल सरकार र राजनीतिक दलका नेताहरुसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरुबारे छलफल गर्न राजदूत बेरीले उच्चस्तरीय बैठकहरु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu