ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयन’


admin
२५ असार २०७४, आइतबार   ३ : १४   बजे

काठमाडौँ, २५ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले द्वन्द्वपीडित, दलित तथा सीमान्तकृत बालबालिकालाई शिक्षा पाउने अवसरबाट वञ्चित नपार्न सरकारले विभिन्न सुविधा दिने व्यवस्था मिलाएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले एक विद्यालय एक पुस्तकालय अभियानलाई तत्काल कार्यान्वयनमा ल्याउने दृढता व्यक्त गर्नुभयो ।

सामुदायिक विद्यालयले कुनै पनि बहानामा विद्यार्थीसँग शुल्क लिएको जानकारी भएमा त्यस्ता विद्यालयलाई कारबाही गरिने बताउँदै उहाँले भूकम्पका कारण भत्किएका नौ हजार ३३३ विद्यालयको निर्माण अगाडि बढेको जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्र्दै लैजाने र प्राविधिक तथा व्यावहारिक शिक्षा प्रणालीलाई बजेटमार्फत अघि बढाउने योजना अघि सारिएको पनि उहाँले बताउनुभयो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले जनताका अधिकारका लागि आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । कानूनी हकका बारेमा जनतालाई जागरुक बनाउन कानुनी शिक्षाको व्यवस्था गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।

बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको परराष्ट्र नीति राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र पञ्चशीलका सिद्धान्तका आधारमा सञ्चालन हुँदै आएको बताउँदै परराष्ट्र नीतिमा स्पष्टता र एकरुपता ल्याउन कार्यदल बनाई काम भइरहेको जानकारी गराउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने विकास कूटनीतिको अवधारणालाई अझ प्रभावकारी बनाउने नीति सरकारले लिएको बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को उन्नाइसौँ १९ आँै शिखर सम्मेलन गर्न कूटनीतिक तहमा वार्ता भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

भूपरिवेष्टित राष्ट्रका अधिकार स्थापना गर्न संयुक्त राष्ट्र सङ्घलगायतका उच्चस्तरीय मञ्चमा कुरा भइरहेको जानकारी दिँदै उपप्रधानमन्त्री महराले चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयन अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले भारतसँगको सिमानामा रहेका सीमा स्तम्भको मर्मत र सुधारका काम भइरहेको र डुबानको समस्या समाधान गर्न द्विपक्षीय वार्ता जारी रहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार व्यवस्थापनका सम्बन्धमा समितिले दिएको निर्देशनअनुसार मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल गरी घरेलु कामदार पठाउनेबारे निर्देशिकासमेत लागू गरिसकेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयमै बजेट आएकाले साउन १ गतेदेखि बजेट पूर्ण रुपमा कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रको लगानीमा विस्तार, बजेट कार्यान्वयनमा रचनात्मक सहयोगको अपेक्षा गरेको छु । कामको गुणस्तर अगाडि बढाउन सरकार चिन्तित छ । स्थानीय सरकारलाई सिंहदरबारको अधिकार हस्तान्तरण गर्न चाहन्छ ।”

पुँजीगत खर्च नहुनु चुनौतीको विषय भएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्रलाई गतिशील राख्न पुँजीगत खर्च जरुरी रहेको आँैल्याउनुभयो ।

बैठकमा सांसद प्रेम सुवाल, मीना पुन, चूडामणि जङ्गली, डिल्लीप्रसाद काफ्ले, हितराज पाण्डे, रामहरि सुवेदीलगायतले चित्त नबुझेका विषयमा स्पष्टीकरण माग गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group