ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइदैं , समस्या देखिए पाइँदैन क्षतिपूर्ति


एबीसी / संवाददाता
१३ माघ २०७७, मंगलबार   ८ : ५५   बजे

काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नुहुने छ। काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताउनुभयो। ‘आफ्ना अस्पतालमा कसबाट खोप शुभारम्भ गर्ने भन्नेमा उनीहरु स्वतन्त्र छन्’ उहाले भन्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका स्वास्थ्यकर्मीले एकै पटक खोप लगाउनेछन् ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बताउनुभयो। खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुगिसकेको छ ।

समस्या देखिए पनि पाइँदैन क्षतिपूर्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भएमा या मृत्युमा भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन । कोरोना विरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्षतिपूर्ति मागदाबी गरेको खण्डमा भ्याक्सिन उपलब्ध गराउन सक्दैनौं भनेर भ्याक्सिन उत्पादक कम्पनीहरुले निर्णय गरेकाले सरकारले खोपका कारण कुनै अवाञ्छित घटना भए कुनै पनि खोप उत्पादक कम्पनी, आयातकर्ता र वितरकलाई क्षतिपूर्ति नतिराउने निर्णय गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेल बताउनुभयो । उहाका अनुसार ‘खोप लगाए पश्चात गम्भीर असर देखिए क्षतिपूर्ति मागदाबी गर्दैनौं’ भनेर नेपाल सरकारले निर्णय गरेर खोप उत्पादक कम्पनीलाई लिखित प्रतिबद्धता पत्र पठाएको थियो । सरकारले सो पत्र पठाएपछि नै नेपालमा खोप आएको उहाँले बताउनुभयो । खोप ऐनको २०७२ को दफा २८ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ । जसमा खोपले गम्भीर असर गरेको खण्डमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा भनिएको छ,

— कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ ।

— कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंग भंग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा समितिले अंग भंग भएकोमा निज स्वयंलाई र मृत्यु भएकोमा निजको नजिकको हकवालालाई त्यस्तो खोप दिने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिनुपर्नेछ ।

खोप उत्पादक कम्पनीले नै क्षतिपूर्ति नव्यहोर्ने भनेर सर्त राखेकाले ऐनको प्रावधान लागू हुने छैन ।

खोप कमिटीका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभिड विरुद्धको खोप नयाँ भएकाले प्रयोगमा समस्या देखिए उत्पादक कम्पनीलाई सम्बन्धित देशले मुद्धा नहाल्ने शर्तमा मात्रै खोप दिइएको छ ।

‘अब आउने खोप कोभिड विरुद्धको नयाँ भएकाले उत्पादक कम्पनीले सुरक्षाको ग्यारेन्टी माग गर्ने गर्छन्’ उप्रेती भन्नुहुन्छ , ‘ट्रायल गरेको समयअवधिसम्म खोप सुरक्षित छ भन्ने हुन्छ । तर, पछि गएर खोपले समस्या गर्‍यो र मानिसको मृत्यु भयो भने त्यस्तो मुद्धा आफूलाई लाग्न हुँदैन भन्ने कुराको ग्यारेन्टी कम्पनीहरु माग गरेका छन् ।’

छोटो समयमा विकास भएको खोप भएकाले खोपले देखिने असरको बारेमा पहिले नै थाहा नहुने समेत उप्रेतीले बताउनुभयो । भने, ‘खोप प्रयोग गर्ने हो भने त्यो प्रस्तावलाई मान्नुपर्छ र, हामीसंग अर्को विकल्प छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group