ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी छ : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता
१४ माघ २०७७, बुधबार   ७ : ३३   बजे

काठमाडौँ, १४ माघ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न निर्वाचन जरुरी रहेको बताउनुभएको छ । उहाँले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचन हुने पक्का भइसकेका कारण निर्वाचनबाट असल प्रतिनिधि छनोट गर्ने अधिकार जनतालाई भएको बताउनुभयो ।

बुटवलको चौराह–चिडियाखोला सडक विस्तार कार्यको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जनताको चाहनाविपरीतका कार्यले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय सरकारले गरेको उल्लेख गर्नुभयो । “प्र्रतिपक्षभन्दा पनि आफ्नै दलको विरोधले गर्दा सरकारलाई समस्या भयो”, मन्त्री पौडेलले भन्नुभयो, “छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गरी सरकार जनतासँग जाने निर्णमा पुगेको हो ।”

अर्थमन्त्री पौडेलले मुलुक विकास निर्माणको महाअभियानमा अघि बढेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न आफ्नो दलका नेताले व्यवधान सिर्जना गरेको बताउनुभयो । मन्त्री पौडेलले बुटवल नारायणगढ, बुटवल धानखोल सडक स्तरोन्नति, तिनाउ दानव करिडोर सडक आयोजना, झुम्साखोला खानेपानी, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, तिनाउ नदी डाइभर्सन, अन्तरराष्ट्रिय विमानस्थल, मेडिकल कलेज निर्माण र सिद्धबाबा सुरुङ मार्ग निर्माण प्रक्रियामा रहेको भन्दै यी योजना सम्पन्न हुँदा रुपन्देही विकासको नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

मन्त्री पौडेलले बुटवल आधुनिक र व्यवस्थित शहर बन्दै गएको बताउँदै विकासका योजनालाई प्रभावकारी बनाउन स्थानीयको साथ र सहकार्य आवश्यक हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चौराह–चिडियाखोला सडक सडक निर्माण अघि नबढ्दा बुटवलको सुन्दरता बिग्रिएको थियो । अब बुटवलको अनुहार चहकिलो हुनेछ ।” मन्त्री पौडेलले सडक निर्माणका क्रममा घर हटाएर सडक विस्तार आयोजनामा सघाउनेप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले चौराहदेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर हरियाली सडक निर्माणका लागि कञ्चनजङ्गा बिरुवा जेभी कम्पनी काठमाडौँले आगामी २०७९ वैशाख ३१ मा सम्पन्न गर्ने गरी ठेक्कामा लिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

20 Million Children Face Online Sexual Abuse Annually, UNICEF Reports

Billionaire Leon Black Sues US Congressional Panel Over Epstein Subpoena

Five Killed, Dozens Feared Dead in Boat Adrift Off Canary Islands

Four Imprisoned Palestine Action Activists Appeal ‘Terrorism’ Sentences

Houthi Fighters Clash with Yemeni Government Forces in Southwest

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu