ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको भूगोलको रक्षा सरकारले गर्छ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१७ माघ २०७७, शनिबार   ६ : ३४   बजे

काठमाडौं, १७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैसँग घुँडा नटेकी नेपालको स्वाभिमानलाई माथि उठाइने बताउनुभयो ।

‘म आग्रह गर्न चाहन्छु तपाईंहरूले धोका पाउनुहुन्न। तपाईंहरूको अगुवाइ, देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा अहिलेको पार्टी, नेतृत्व र सरकारले गर्नेछ,’ उहाँले भन्नुभयो , ‘त्यसको अगुवाइ मैले गर्नेछु, ढुक्क हुनुहोस्।’ उहाँले आगामी वैशाखमा निर्वाचन भएरै छाड्ने दाबी समेत गर्नुभयो । ‘कतिपयले भ्रम फिँजाएका छन् यो चुनावको घोषणा चुनाव गराउनका लागि होइन, अल्मल्याउनका लागि हो भनेर। तिनीहरू अल्मलिँदै गरून्, चुनाव हुन्छ घोषणा गरिएकै मितिमा’, उहाँले भन्नुभयो ‘अब कुनै गल्ती नगरिकन देशका निम्ति काम गर्ने, विदेशीसँग साइनो नभएका त्यस्ता व्यक्तिहरूलाई छानेर पठाउनुपर्छ। नाबी गएर विदेशमा गाडिएकाहरूलाई अब छान्न हुँदैन।’ उहाँले गफ प्रेमीलाई नभई विकास प्रेमीलाई जिताएर पठाउन आग्रह समते गर्नुभयो । ‘संघीय सरकारको बजेटमा बनेको योजनाको शिलान्यास गर्न म यहाँ आएको हुँ,’ उहाँले भन्नुभो , ‘कसैको विरोधले विकास रोकिँदैन।’ उहाँले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने समेत दावी गर्नुभयो । आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाले कोभिडलाई परास्त गर्दै देश विकासशील राष्ट्र बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group