ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशकै ठूलो ढल्केबर सब–स्टेशनको प्रधानमन्त्रीद्वारा उद्घाटन


एबीसी / संवाददाता
१९ माघ २०७७, सोमबार   ३ : ३८   बजे

काठमाडौं, १९ माघ । धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गर्नुभएको हो ।

सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब–स्टेशन निर्माण भएको हो । चार सय केभी सब–स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।

चार सय केभी प्रसारण लाइनमार्फत् भारतसँग झण्डै एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौँडादेखि इनरुवासम्म बन्दै गरेको चार सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि झण्डै दुई हजार मेगावाटसम्म विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल–भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब–स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो । प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सब–स्टेशन बनाएको हो । गएको कात्तिक २६ गते नै सब–स्टेशन पूर्णरूपमा चार्ज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group