ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा (फोटोफिचर)


एबीसी / संवाददाता
२० माघ २०७७, मंगलबार   ८ : ४९   बजे

काठमाडौं २० माघ । नेपाली सेनाले आफ्ना हतियार जडित  (बख्तरबन्द) गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।जंगीअड्डाले भने विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरेर अभ्यास गरिएको भनेको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको भएको बताउनुभएको छ ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए ।

यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो । जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो । दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।

संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो ।वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।

 

 

;;

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group