ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख र मन्त्री बनाएँ : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२१ माघ २०७७, बुधबार   ८ : २३   बजे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरि विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ । बुधवार बर्हिगमन भएका जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकाशमा परेका पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरि विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको हो ।

उहाँले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाएकोरनपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मालोचनासमेत गर्नुभयो । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि त्यो निर्णय लुकाइएको बताउनुभयो ।

उहाँले सशस्त्र द्वन्द्वका घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकै ठाउँमा ल्याउनुपर्ने धारणा राख्नुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group