ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–माधव पक्षको आमहड्ताल : सयाैँ नेता कार्यकर्ता पक्राउ, दर्जनाैँ गाडी ताेडफाेड, केहीमा आगजनी ( विवरणसहित)


एबीसी / संवाददाता
२२ माघ २०७७, बिहिबार   ६ : ५२   बजे

काठमाडौं, २२ माघ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको आमहड्तालको प्रभाव शहरी क्षेत्रमा परेपनि ग्रामिण क्षेत्रमा खासै प्रभाव परेन । बन्द सफल गराउन काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा शीर्ष नेताहरुले नेतृत्व गरेका थिए । ग्रामिण क्षेत्रमा निर्बाध रुपमा गाडी चलेको थिए भने सहरी क्षेत्रमा कम मात्रै गाडी चलेका थिए । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाव बढी भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । सार्वजनिक यातायातका साधन चलेका थिएनन् भने निजी गाडी तथा मोटरसाइकल भने कमै संख्यामा संचालन भए ।

ठाउठाउमा बन्द गराउन भन्दै हिडेका नेता र कार्यकर्तालाई प्रहरी पक्राउ गरेर छाडेको छ । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । आज बिहान कलंकीमा प्रदेश ३०–०२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको थियो । धनुषाको जनकपुरधाम शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप हुदा पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरू घाइते भएका छन् । उहाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवनमा ४ वटा ट्रक तोडफोड भएका छन् ।

त्यस्तै सिन्धुलीमा पनि रोकी राखेको एउटा ट्रकमा तोडफोड भएको छ । उता स्कटिङ गरिरहेको ट्रक पनि थानाभ¥याङमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेर तोडफोड गरेका थिए । महोत्तरीमा प्रहरीले बल प्रयोग गर्दै यातायात सुचारु गरेको थियो । नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् । नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका हुन् । सडक खुलाउँदा बर्दिबासमा केहीबेर झडप भएको समेत थियो । नेकपाले छिटफुट घटनाबाहेक आन्दोलन शान्तिपूर्ण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu