ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै : चीनले नेपाललाई ५ लाख मात्रा खोप दिने


एबीसी / संवाददाता
२४ माघ २०७७, शनिबार   ७ : २३   बजे

काठमाडौं, २४ माघ ।   नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ ।  पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन ।

पहिलो डोजको खोप अभियान अन्तर्गत हिजोसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन् । पहिलो चरणमा थोरै परिमाणमा खोप आएकाले सीमित जनशक्तिलाई मात्र पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताउनुभयो । सरकारले अब छिट्टै कोभ्याक्स सुविधामार्फत् दोस्रो चरणको खोप ल्याउने जनाएको छ । यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’

ब्रान्डेड चामलको बोरामा कमसल चामल भरेर बिक्री गर्ने सञ्चालक पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu