ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन तयारी सन्तोषजनक भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद


एबीसी / संवाददाता
२७ माघ २०७७, मंगलबार   १ : ५१   बजे

काठमाडौं, २७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किनु भएको छ । निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर प्रधानमन्त्री ओली फर्किनुभएको हो । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त लगायतसित जानकारी लिएर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीमा आयोग जुटेकोबारेमा पनि जानकारी गराउनु भएको थियो ।

नेकपाको विवादका विषयमा खास छलफल नभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘पार्टीको अध्यक्षका हैसियतले भन्दा पनि आज प्रधानमन्त्रीको हैसियतमा आयोग आउनुभएको हो ।’ निर्वाचन आयोगको तयारीबारे जानकारी लिएपछि आयोगलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन मन्त्री लीला श्रेष्ठ तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनिसगै जानुभएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै घोषित मितिमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा वैशाख १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu