ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप : दुई जना प्रहरी घाइते


एबीसी / संवाददाता
३० माघ २०७७, शुक्रबार   १ : २३   बजे

काठमाडौं, ३० माघ । वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव घाइते भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उहाँहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था सामान्य रहेको तामाङले जानकारी दिनुभयो । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौँदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । जसका कारण भारतीय बालुवा तस्करसँग पटक-पटक विवाद र झडप हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu