ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्छ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
१ फाल्गुन २०७७, शनिबार   ७ : ०९   बजे

काठमाडौ, १ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताउनुभयो । यसको निम्ति मोर्चा खोलिसकिएको उहाँको भनाई छ । उहाँले नेपालको संविधान पूर्ण छ भनेर आफुले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमती माथि विश्वास घात गरेको उहाँको भनाई छ ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताउनुभयो । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उहाँले जनयुद्धको योगदानको सहि मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताउनुभयो । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भएपनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । नेता राईले देश द्धन्द्धमा फस्नुको निकास पनि जनयुद्धबाटै हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu