ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
११ फाल्गुन २०७७, मंगलबार   ५ : २९   बजे

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा अस्थिरता आउने दाबी गर्नुभएको छ । मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको बताउनुभयो ।

यदि संसद पुनर्स्थापना भयो भने प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? विल्कुल छैन । एक प्रतिशत पनि छैन ।’ प्रधानमन्त्री ओली अघि भन्नुभयो ‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’ प्रचण्ड–माधव नेपाल बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको भन्दै ओलीले भन्नुभयो , ‘त्यस्तो अस्थिरतातिर अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गरुँ ?’ संसद विघटनको बचाउ गर्दै उहाँले संविधान, संसदीय व्यवस्था र अभ्यासले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउने वातावरण रहेन भने संसद विघटन गर्न सक्ने जीकिर गर्नुभयो । उहाले समयमा चुनाव हुने भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ । सूर्य चिह्न समेत आफूहरुकै हुने ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group