ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
१२ फाल्गुन २०७७, बुधबार   १० : ०९   बजे

काठमाडौं, १२ फागुन । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड(माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ । यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा जानकारी दिनुभयो ।

प्रचण्डले यसअघि नै संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न बताउनु भएको थियो । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गर्नुभएको स्रोतको दावी छ । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिनु भएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल गरी समझदारीका साथ अघि बढ्ने प्रचण्डको भनाइ छ । प्रचण्डले बीबीसी नेपाली सेवासँग भन्नु भएको छ ‘राष्ट्रिय सहमति बनाउनेतिर मेरो जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति नपाउने देखिइसक्यो । सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुन्छ ।’ उहाले आफूले भन्नुभयो प्रधानमन्त्रीमा दाबी नगर्ने बताउनुयभो । चितवनबाट आज काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने प्रचण्डको भनाइ छ । नेकपाको अर्को खेमाको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने प्रचण्डले बताउनुभयो । यद्यपि ओलीसँग पार्टी एकता भने नहुने प्रचण्डको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र खोजीमा सहयोग गर्ने

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu