ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ अबको सत्ता समीकरण : नयाँ प्रधानमन्त्री को बन्दै ?


एबीसी / संवाददाता
१२ फाल्गुन २०७७, बुधबार   ११ : ५८   बजे

काठमाडौं, १२ फागुन ।  सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै नेपालमा नयाँ सत्ता समीकरणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र संसदको फेस गर्ने बताइसकेपछि उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुको विकल्प देखिँदैन । नेकपाको फुटले आधिकारिकता नपाएको अवस्थामा अब ओलीले अध्यादेश ल्याएरै भए पनि पार्टी फुटाउने सम्भावना देखिन्छ । ओलीले पार्टी फुटाएको अवस्थामा नेकपा पहिलो दल नै हुने देखिन्छ भने ओलीको पार्टी दोस्रो दल बन्ने देखिन्छ । नेपाली कांग्रेस भने दोस्रो दलबाट तेस्रो दल बन्ने देखिन्छ । गएको पुस ५ मा ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अहिले नेकपासँग सभामुखसहित १ सय ७३ जना सांसद छन् । ओलीसँग ८१ र वामदेव गौतमतिर दुई जना सांसद छन् । अविश्वासको प्रस्तावको सामाना गर्न ओलीलाई ८१ जना सांसद पर्याप्त हुँदैन । यसबीचमा केही सांसद प्रचण्ड नेपाल समूहतिर खुल्ने सम्भावना पनि उत्तिकै छ । नेकपा नमिल्दा र ओलीले विश्वासको मत लिन नसक्दा नयाँ सत्ता समीकरणको लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । नेकपाको दुवै समूहले यसअघि नै कांग्रेससँग मिलेर अघि बढ्न सक्ने संकेत गरिसकेका छन् ।

प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट छ । यसमा दुई सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टी (जसपा) सँग ३४ सांसद छन् । यसमा पनि दुई जना निलम्बनमा छन् । नेकपाको प्रचण्ड र नेपालसँग ९० र ओलीसँग ८१ सांसदको हिसाब गर्ने हो भने दुवै समूहलाई सरकार बनाउन कांग्रेसको साथ चाहिन्छ, जसपासँग मात्रै मिलेर समीकरण बन्ने सम्भावना छैन ।

कांग्रेसको देउवा समूह ओलीसँग नजिक देखिए पनि पौडेल समूह र जसपाका नेताहरु भने ओलीसँग गठबन्धन गर्न नहुने पक्षमा छन् । यसो हुँदा नेकपाको प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्ने सम्भावना देखिन्छ । संयुक्त सरकार कसको नेतृत्वमा बन्नेछ भन्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

प्रचण्ड र देउवाको संभावना

नेकपा फुटेपछि तेस्रो दल बन्ने कांग्रेसलाई प्रधानमन्त्रीमा दाबी गर्न नैतिक बल पुग्दैन । पहिलो दल कायमै रहने नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रचण्डलाई कांग्रेसले सहजै प्रधानमन्त्री बनाउने सम्भावना पनि देखिँदैन । प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्थामा ओलीले देउवालाई आफैं प्रधानमन्त्री बन्न उक्साउने छन् । ओलीको समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा आफ्नै समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले जोड दिन सक्ने देखिन्छ । कांग्रेसमा पनि देउवाइत्तरका शक्ति कुनै पनि हालतमा ओलीसँग सहकार्य हुन नसक्ने बताइरहेको बेलामा प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपा एक भएर सरकार चलाउने सम्भावना बलियो देखिन्छ ।

नेपाली कांग्रेस तेस्रो दल भएर सरकारको नेतृत्वमा दाबी गर्न नहुने आवाज पनि कांग्रेसभित्र उठ्ने गरेको छ । २ वर्षको लागि प्रधानमन्त्रीमा र्याल नचुहाइकन प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा सहभागी हुँदा कांग्रेसको गरिमा उच्च रहने भन्दै सभापति देउवालाई दवाव पनि पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ले अत्याधुनिक ड्रोनमार्फत प्रभावित क्षेत्रको नक्सांकन र खोजीमा सहयोग गर्ने

भोटेकोसी बाढीपछि चीनसँगको व्यापार संकटमा, तातोपानी–कोरला–हिल्सा हुँदै सामान ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu