ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वपरराष्ट्रमन्त्री पाण्डे ‘अर्डर अफ दि राइजिङ सन’ बाट सम्मानित


एबीसी / संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार   ६ : ५२   बजे

काठमाडौँ, १४ फागुन । जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गरेको छ । “कूटनीति र राजनीति” , क्रान्ति र प्रतिक्रान्ति का लेखक पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत विभूषण बुधबार प्रदान गरेको हो । नेपाल र जापान सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई चार महिना अघि उक्ता सम्मानको घोषणा गरेको थियो ।

कोभिड–१९ को त्रासका कारण बुधबार भर्चुअल माध्यमबाट उक्त पदक हस्तान्तरण गरिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । कूटनीति, अनुसन्धान, शिक्षा, समाजसेवा, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुर्‍याउने व्यक्तिलाई यसप्रकारको विभूषणबाट जापानले सम्मानित गर्दै आएको छ ।

यो वर्ष (२०२०) जापान सरकारले मुलुकका ६० जना फरक क्षेत्रका व्यक्तिलाई विभूषित गर्ने घोषणा गत कात्‍तिक १६ मा गरेको थियो । यस पटक दक्षिण एसियाबाट उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री पाण्डे एक्ला हुनुहुन्छ ।

पूर्व मन्त्री (परराष्ट्र, पर्यटन, सूचना तथा सञ्‍चारलगायत) पाण्डेलाई कात्तिक १६ मा जापानी विदेशमन्त्री तोसिमित्सु मोतेजीले पत्र पठाएर उक्त सम्मान दिन लागेको जानकारी दिनु भएको थियो । ‘द्विपक्षीय सम्बन्ध मजबुत बनाउन यहाँले खेल्नु भएको भूमिकालाई उच्च मूल्यांकन गर्दै जापान सरकारले उक्त विभूषण प्रदान गरिएको’ जानकारी जापानी मन्त्रीले दिएको पाण्डेले बताउनुभयो । आफ्नो कार्यकाल सकेर शुक्रबार स्वदेश फर्कन लाग्नु भएका मसामिची साइगोले जापानको विदेश मन्त्रालयसँगको भर्चुल संवाद मार्फत उक्त घोषित पदक पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । चार महिना अघि नै उक्त पदकले सम्मान गर्ने घोषणा जापानी दूतावासले गरेको थियो । जापानका पूर्वप्रधानमन्त्री रियुतारो हासिमोतोसँग पाण्डेको व्यक्तिगत सम्बन्ध रहेको र दुइ मुलुकको सम्वन्ध विस्तारमा योगदान पुर्‍याएको दूतावासले उल्लेख गरेको छ ।

पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान(नेपाल(चीनसहित त्रिदेशीय टोलीलाई गरेको सहयोग तथा जापान र चीन सम्वन्ध बिस्तारमा निर्वाह गरेको भूमिकालाई मध्य नजर गर्दै सम्मान गरेको जनाइएको छ । सन २००२ मा पाण्डे सञ्‍चार मन्त्री हुँदा नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक एकाई कावागुचीको तस्विर अंकित हुलाक टिकट सुरु गर्नुभएको थियो ।

जापान सरकारले हरेक वर्ष वसन्त र शरद ऋतुमा दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिंदै आएको छ । उक्त अवार्ड पछि पाण्डेले भन्नुभयो , यो सम्मान मलाई होइन समगं नेपाललाई जापानले गरेको हो । सम्मानित हुन पाउँदा खुसी छु । दुई पक्षीय सम्वन्ध बलियो बनाउन सधै आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहनेछु । जापान सरकारले हरेक वर्ष अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका हुन् । यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ । यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group