काठमाडौं । रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा १ हजार २५२ जनाको शव तथा मानव अंग भेटिएको हो। प्राधिकरणका अनुसार रसुवामा १२७, तनहुँमा ३८, नुवाकोटमा १७७, नवलपरासी पूर्वमा २१८, धादिङमा ६०, नवलपरासी पश्चिममा २०८, गोरखामा ६९ र चितवनमा ३५५ जनाको शव तथा मानव अंग भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी, १४ जना भन्सार कार्यालयका कर्मचारी र तीन जना अध्यागमन कार्यालयका कर्मचारी छन्। त्यस्तै, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ८८३, विदेशी पर्यटकसँगै गएका १६४ नेपाली, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन छन्। बाढीबाट घाइते भएका ५ हजार १३५ जनाको हालसम्म उपचार गरिएको छ। यस्तै, बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा राहत कार्यका लागि बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमा ७ हजार ९१२ जना नेपाल प्रहरी, ९ हजार २८७ जना नेपाली सेना र ४ हजार २०३ जना सशस्त्र प्रहरी छन्।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ९४८ जना रहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्