ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण


एबीसी / संवाददाता
१८ फाल्गुन २०७७, मंगलबार   ९ : ४१   बजे

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ । कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् ।

के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् भन्ने प्रश्नमा उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो नभएर सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको बताउछन् । बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार एटीआर जस्ता मध्यम आकारका जहाजमा ढोका पछाडि हुन्छ । जहाजमा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिले यात्रा गर्दैछन् भने पहिले सर्वसाधारण यात्रुलाई चढाइन्छ । सबै यात्रु चढिसकेपछि विमानस्थलको विशिष्ट कक्षमा बसेका पाहुनालाई बोलाइन्छ र जहाज चढाइन्छ ।

उनीहरुका लागि जहाजको अन्तिम भागमा सिट व्यवस्थापन गरिएको हुन्छ । यसो गर्दा जहाज अवतरण भएपछि सुरुमै विशिष्ट तथा अतिविशिष्ट यात्रु विमानबाट ओर्लने सुविधा हुन्छ । यसले गर्दा सुरक्षाको चुनौती कम हुन्छ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सवारीका बेला सुरक्षा चुनौती नहुने गरी सिट व्यवस्थापन मिलाइने निर्देशक जोशीले बताउनुभयो । उहाँका अनुसार एटीआर र बम्बाडियर जहाजमा धेरैजसो अवस्थामा मन्त्री र प्रधानमन्त्री अन्तिम सिटमै बस्ने गर्छन् । ठूला जहाजमा अन्तिममा चढ्न र अवतरणपछि अन्य यात्रुभन्दा छिटो ओर्लन सजिलो होस् भनी अन्तिमतिरका सिट मै अतिविशिष्ट र विशिष्ट पाहुनाहरुको व्यवस्थापन गरिएको हुन्छ ।

बीचक्राफ्ट वा ट्विनअर्टर जस्ता साना जहाजका हकमा भने यो भन्दा फरक तरिकाले विशिष्ट र अतिविशिष्ट व्यक्तिको सिट व्यवस्थापन गरिन्छ । यस्ता विमानमा अगाडि वा बीचमा ढोका हुन्छ । त्यस्तो जहाजमा अतिविशिष्ट तथा विशिष्ट यात्रुलाई सर्वसाधारण भन्दा अगाडि नै जहाजमा चढाइन्छ । यस्ता विमानमा विशिष्ट र अतिविशिष्ट व्यक्तिलाई अगाडिको सिटमा व्यवस्थापन गरिएको हुन्छ । त्यसभन्दा पछाडि मात्रै यात्रु बस्छन् । सबै यात्रु झरिसकेपछि विशिष्ट र अतिविशिष्ट यात्रु ओर्लने व्यवस्था हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group