ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटार बैठकले ओलीलाई थप शक्तिशाली अधिकार अधिकार प्रत्यायोजन : अध्यक्षले समानुपातिक सांसद राख्न र हटाउन सक्ने


एबीसी / संवाददाता
७ चैत्र २०७७, शनिबार   ७ : ०९   बजे

काठमाडौं, ७ चैत । नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो।

बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको छलफलपछि अध्यक्ष ओलीलाई समानुपातिक सांसद राख्ने र हटाउने अधिकार दिएको एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो । त्यसैगरी बैठकले एमाले संसदीय दलको विधान अनुमोदन गरेको छ। सँगै बैठकले महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ। हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक समितिमा परिणत गरेको हो।

एमालेले २०७८ मंसिर ३ देखि ६ गतेसम्म १० औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको छ। बैठकले पार्टीमा कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी हेरफेर लगायत निर्णयसमेत गरेको छ। बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसरी स्पष्टीकरण सोधिने नेतामा वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन्।

चार नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीको भनाइ छ। पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu