ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार टिकाउन एमाले ले कुनैपनि किसिमको सम्झौता नगर्ने : मन्त्री गुरुङ (मन्त्रिपरिषद बैठकका २८ निर्णयसहित)


एबीसी / संवाददाता
८ चैत्र २०७७, आइतबार   ७ : ०३   बजे

काठमाडौं, ८ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)ले कुनैपनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ । आइतबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताउनुभएको हो ।

सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरी पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन । हामी अहिले नेकपा(एमाले) को निम्ति दुईवटै हातमा लड्डु छ ।

३ वर्षसम्म सुरुवात गरिएको समृद्ध नेपाल सुखि नेपालीको अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन् त्यो आयोजनालाई सम्पन्न गर्नको निम्ति सरकारलाई अवसर छ । विपक्षी दलहरु मिलेर सरकारलाई अविश्वास प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहेर प्रमुख प्रतिपक्षी दलको पार्टीको रुपमा रहेर आगामी निर्वाचनको लागी तयारी गर्ने अवसर हुन्छ । त्यो अवसरलाई उपयोग गर्दै आगामी निर्वाचनबाट बहुमतको सरकारबाट फेरीपनि सिंहदरबार गेटबाटै प्रवेश गर्ने प्रधानमन्त्रीको अठोट, आत्मविश्वास, ऊर्जा छ । जनतालाई ऊर्जा थप्ने काम भएको छ । सत्तामै टिक्न,टिकाउनको निम्ति त्यो किसिमको कुनै सम्झौता गर्ने पक्षमा नेकपा(एमाले) पार्टी र प्रधानमन्त्री ओली हुनुहुन्न ।’

मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गटबन्दीको अन्त्य गरिने बताउनुभयो । गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडी बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टीमा अब कुनैपनि किसिमको गुटबन्दी अन्त्य गर्ने भन्ने कुरा नै पार्टीको एजेण्डा हो । त्यसैले गुटबन्दीका कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजित हुने र मुलुकको विकास र उन्नतिको लागि नभइकन पद र व्यक्ति र गुटको निम्ति रुमल्लिइरहने त्यो अवस्थाबाट अब मुलुकलाई अन्त्य गर्नुपर्छ र पार्टीलाई पनि त्यसबाट मुक्त गर्नुपर्छ जसको कारण आज पार्टी स्पष्ट दृष्टिकोणबाट अघि बढेको छ ।’

यस्ता छन् बैठकका निर्णय

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group