ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ : जग्गा कारोबारीलाई असहयोग गर्दा बेपत्ता पारिएको शंका


एबीसी / संवाददाता
८ चैत्र २०७७, आइतबार   ९ : ५४   बजे

काठमाडौं, ८ चैत्र । सुतेको ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित गत फागुन १० गते राति बेपत्ता भएका थिए । बेपत्ता दम्पतीको अवस्था प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन । पक्राउ परेकाहरूले झा दम्पतीलाई मारेको वा बेपत्ता पारेको बारेमा प्रस्ट बयान नदिएकाले भारतलगायत नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘अपहरण, शरीर बन्धक तथा बेपत्ता पारिएको अभियोगमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार बेपत्ता दम्पतीको खोजीसहित घटनाको थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ मुसाफिर झाको १४ कट्ठा जग्गा छ । आफ्नो प्लटिङमा बाटो बनाउन झालाई जग्गा बेच्न पटक–पटक जग्गा बेच्न दबाब दिँदै आएको खुलेको प्रहरीले जनाएको छ । झा जग्गा बेच्न तयार थिएनन् । ठाकुरले छिमेकी रामबाबु यादवमार्फत समेत झा दम्पतीलाई दबाब दिँदै आएका थिए । जग्गा कारोबारी ठाकुर फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थित भएको र दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुरसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group