ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागरथी हत्या प्रकरण : एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ , अर्कोलाई राम्ररी चिन्छु


एबीसी / संवाददाता
९ चैत्र २०७७, सोमबार   ९ : ३९   बजे

कञ्‍चनपुर, , ९ चैत्र ।  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका रूपमा सार्वजनिक गरिएका किशोर निर्दोष रहेको उनको परिवारले दाबी गरेको छ । प्रहरीले फागुन ५ मा अभियुक्त सार्वजनिक गरेका सोही गाउँका १६ वर्षीय किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताउनुभयो । अभियुक्त किशोर अहिले डोटीको सिलगढीस्थित बाल सुधार केन्द्रमा छन् ।

बुबा र भाइलाई मार्ने धम्की आएपछि प्रहरीसमक्ष अपराध स्विकारेको बताएको दीपकराजले बताउनुभयो  । ‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नु्भयो , ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्कोलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन् ।’ दीपकराजका अनुसार माघ २१ गते पक्राउ परेका उहाँका छोरा विद्यालयबाट घर गइरहेका थिए । बाटोमा उक्त घटना देखे । घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए ।

‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उहाँले भन्नभयो ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’ उहाँका कान्छा छोरा विनोद सुस्त मनस्थितिका छन् । घटना हुनुभन्दा केही दिनअघि उनको दायाँ हात पनि भाँचिएको थियो । त्यसकै उपचारका लागि दीपकराज नियमित रूपमा डडेलधुरा आउजाउ गरिरहन्थे ।पछिल्लोपटक दीपकराज गाउँ छाडेर परिवारसहित महेन्द्रनगर बसाइँ सरेका छन् । उहाँलाई शुक्रबार बाल सुधार गृहबाट फोन गरेर छोराले केही कुरा गर्न भन्दै बोलाएका थिए ।

शनिबार सिलगढीमा छोरालाई भेटेर आइतबार महेन्द्रनगर फर्किनु भएको हो । ‘अब तपाईंले गाउँ छाड्नु भो, उसले केही गर्न सक्दैन, सत्य कुरा गर्दै छु भन्दै मसँग रुन थाल्यो,’ दीपकराजले भन्नुभयो , ‘त्यतिबेला मेरै सामुन्ने अपराध स्विकारिस्, अहिले मैले गरेको होइन भन्छस् भनेर मैले सोध्दा पनि उसले सत्य कुरा यही हो भन्यो ।’ उहाँका अनुसार दिनेशले सुधार गृहका सुरक्षाकर्मीकै अगाडि उक्त कुरा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group