ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनादेखि ओछ्यानसहित वेपत्ता झा दम्पत्तीको शव फेला : शव चाँडो कुहियोस् भनेर नुन


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   २ : ५४   बजे

काठमाडौं, १२ चैत । एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पत्तीको शव बिहिबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार फेला परेको शव हराइरहेका झा दम्पत्तिकै हो।

‘अस्ती हराएका बुढा–बुढीको शव आज पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो, सिंहले भन्नुभयो उनीहरूले शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको देखियो। मृतकका छोरा र भतिजाले सनाखत गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको अपहरण र हत्याबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो । गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।

यसैवीच चैत्र ८ गते उनिहरुको हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले सार्वजनिक थियो। घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले जनाएको थियो । पक्राउ परेकामध्ये हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् ।

उनले सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ मुसाफिर झाको १४ कट्ठा जग्गा छ । आफ्नो प्लटिङमा बाटो बनाउन झालाई जग्गा बेच्न पटक–पटक जग्गा बेच्न दबाब दिँदै आएको खुलेको प्रहरीले जनाएको छ । झा जग्गा बेच्न तयार थिएनन् । ठाकुरले छिमेकी रामबाबु यादवमार्फत समेत झा दम्पतीलाई दबाब दिँदै आएका थिए । जग्गा कारोबारी ठाकुर फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थित भएको र दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुरसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पनि अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu