ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको प्रतिनिधि बनेर गृहमन्त्री धर्ना स्थलमा, रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने


एबीसी / संवाददाता
१२ चैत्र २०७७, बिहिबार   ५ : ००   बजे

काठमाडौं, १२ चैत ।  कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ। चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिनुभएको हो ।

बिहीबार धर्ना स्थल माइतीघर मण्डलामा पुगेका थापालाई थारु अगुवाले १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसलाई सरकारले सम्बोधन गर्ने बताउँदै उहाँले सरकारले वार्ता टोली बनाउने जानकारी दिनुभएको हो । ‘यसरी तपाईंहरुले निरन्तर धर्ना दिएर मात्रै समस्याको हल हुँदैन,’ थापाको भनाइ छ, ‘हल गर्नका लागि तपाईंहरुले वार्ता टोलि गठन गर्नूहोस् । सरकारका तर्फबाट पनि आज क्याबिनेट छ, त्यहाँबाट वार्ता टोली गठन र्छौं। अब छिट्टै वार्तामा बसेर यी १९ बुँदे समस्याहरु राख्नु भएको छ, यसलाई हामी वार्ता र संवादबाट नै निष्कर्षमा लगेर हल गर्ने सोचेका छौं ।’

नयाँ सत्ता समीकराणका लागि सत्तारुढ एमाले र जसपाबीच भएको वार्तामा चौधरी रिहाइको विषय पनि उठ्ने गरेको छ। टीकापुर घटनामा चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उनी लामो समयदेखि डिल्लीबजार गारागारमा छन्। पछिल्लो पटक उहाँको रिहाइको विषय फेरि चर्चामा आएको छ।

आफू प्रधानमन्त्रीका तर्फबाट धर्ना स्थलमा आएको बताउँदै गृहमन्त्री थापाले सरकार पनि यो समस्या समाधान गर्ने पक्षमा रहेको बताए। ‘प्रधानमन्त्रीको तर्फबाट, सरकारको तर्फबाट म अहिले उपस्थित भएको छु,’ थापाको भनाइ छ, ‘हामी पनि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने पक्षमै छौं । यी विषयहरु उठाउनु भएको छ, यी विषयप्रति सरकारको धारणा सकारात्मक नै छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu